काठमाण्डौ, पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहारलाई अमानवीय र प्रतिशोधपूर्ण भनेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रचण्डले रबीमाथि सरकारले गरेको व्यवहारको कडा आलोचना गर्दै, यसलाई निरङ्कुश, अलोकतान्त्रिक र अमानवीय ठहर्याएका छन्। उनले यस्तो प्रकारको व्यवहार रोक्न सरकारसँग गम्भीर आग्रह […]
काठमाण्डौ, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आयोजित कार्यक्रममा देश सञ्चालन सहकारी ठगीजस्तो सजिलो नभएको बताएका छन्। रवि लामिछानेप्रति लक्षित गर्दै उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट आवश्यक पर्ने बताए। ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई बाँसको झ्याङमा उम्रिएको नर्कटसँग तुलना गर्दै ती छिटै चम्किएर फेरि ढल्ने खालका हुने तर्क गरे। नयाँ […]
काठमाडौं । दक्षिण-पश्चिम एसियाली राष्ट्र सिरियाका विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले राष्ट्रपति असद परिवारसहित राजधानी मस्को आएको जनाएका हुन् । सिरियामा ३० वर्ष शासन गरेका हाफिज अल–असदको मृत्युलगत्तै सन् २००० मा बसर अल–असद राष्ट्रपति भएका थिए, असद मस्कोतर्फ भागेपछि […]
काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले पुरै ओभर खेलेर ९ विकेट गुमाउँदै १४२ रन मात्र बनायो । लम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर […]
काठमाडौं।काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो । काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का […]
काठमाडौं ।मुख्य राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले जितेको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय […]
काठमाण्डौ। हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिना विजयी भएकी छन् । माओवादीकी तिमल्सिना १६ सय ३७ मतसहित निर्वाचित भएकी हुन् । कुल ४ हजार ५२४ मत खसेको थियो । निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १५ सय ९४ मत ल्याएकी छन् । यस्तै तेस्रो भएकी एमालेका जाना शाहीले ११ […]
रुकुम पूर्व —रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छिन् । नरपुराले ३ हजार ६ सय २७ मत ल्याएकी छिन् । कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार […]
काठमाडौँ —डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् । झाँक्रीले उनले १ सय ६१ मत ल्याउँदै एमालेका नरबहादुर रोकालाई पराजित गरेका हुन् । रोकाले १ सय १६ मत ल्याए । यसअघि २०७९ को स्थानीय तहको निर्वाचनमा यो वडामा वडाध्यक्ष एमालेले जितेको थियो । उती बेला एमालेका नन्दलाल रोका १ सय ८ मत […]
सुर्खेत। जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख पदका लागि सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की देवका लामिछाने विजयी भएकी छन्। उनले ४,२७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३,१४७ मत ल्याएर पराजित भइन्। नेकपा एमालेकी सुनिता बोहराले २,५४२ मत ल्याइन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत प्राप्त गरिन्। राष्ट्रिय प्रजातन्त्र […]