Spread the love
Spread the love
देउवाले गगनसँग पार्टी एकताबारे छलफल गर्ने
Spread the love

काठमाण्डौ, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम गर्न सक्रियता बढाएका छन्।लामो समय विदेशमा स्वास्थ्य उपचार गरेर नेपाल फर्किएका देउवाले कांग्रेस सभापति गगन थापासँग भेटवार्ता गरी पार्टीको आन्तरिक एकताबारे छलफल गर्ने तयारी गरेका छन्

डडेलधुराका कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लसँग भएको भेटमा देउवाले पार्टीका विभिन्न पक्षलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखेको मल्लले बताएका छन्।मल्लका अनुसार देउवाले गगन थापालाई भेट्नका लागि खबर पठाइसकेको र भेटमा पार्टी एकता तथा आगामी १५औँ महाधिवेशनबारे छलफल गर्ने बताएका छन्।मल्लले देउवासमक्ष पार्टीलाई अभिभावकीय भूमिकाबाट एकताबद्ध गर्दै महाधिवेशनतर्फ लैजान सुझाव दिएको बताए। देउवा पनि सबै पक्षलाई समेटेर महाधिवेशन गर्ने विषयमा सकारात्मक देखिएको उनको भनाइ छ।