काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २,५९९.५८ विन्दुमा बन्द भएको छ।कारोबार अवधिभर बजारमा बिक्री चाप देखिँदा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ।
आज २५९ कम्पनीको सेयर मूल्य घट्दा ७९ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।सोमबार बजारमा कुल ३ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दुई तिहाई नजिकको स्थिर सरकार बनेपनि लगानीकर्ताहरूको मनोबल उठ्न सकेको छैन। ।
