डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (DRC) मा इबोला भाइरसको नयाँ प्रकोप तीव्र रूपमा फैलिएपछि देशको स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार यस घातक सङ्क्रमणका कारण अहिलेसम्म १४ सयभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् भने सङ्क्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ।विशेष गरी देशका पूर्वी तथा दुर्गम ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधारको अभाव, शुद्ध खानेपानीको कमी र जनस्वास्थ्य सम्बन्धी सचेतना नपुग्दा भाइरस नियन्त्रणमा चुनौती थपिएको छ। सङ्क्रमित बिरामीहरूमा अत्यधिक ज्वरो आउने, आन्तरिक र बाह्य रक्तस्राव हुने जस्ता गम्भीर लक्षणहरू देखिएका छन्।विश्व स्वास्थ्य सङ्गठन (WHO) र अन्य अन्तर्राष्ट्रिय सहायता संस्थाहरूले प्रभावित क्षेत्रमा खोप अभियान र आपत्कालीन चिकित्सा टोली परिचालन गरेका छन्। यद्यपि, स्थानीय स्तरमा देखा परेका सुरक्षा चुनौती र यातायातको असविधाका कारण स्वास्थ्यकर्मीहरूलाई प्रभावित बस्तीसम्म पुग्न र महामारी नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। सीमावर्ती देशहरूले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आफ्नो नाकामा निगरानी र स्वास्थ्य जाँचलाई तीव्र बनाएका छन्।
