Spread the love
Spread the love
सरकारद्वारा २१ मुलुक र नियोगमा राजदूत नियुक्तिको तयारी ​
Spread the love

नेपाल सरकारले विभिन्न २१ मुलुक र कूटनीतिक नियोगहरूमा रिक्त रहेका राजदूत पदमा नियुक्तिको प्रक्रिया अघि बढाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार राजदूत पद रिक्त रहेका १६ दूतावास तथा चार वर्षे कार्यकाल पूरा गरी म्याद थपिएर काम गरिरहेका इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र राष्ट्रसङ्घीय नियोग भियनासहित २१ नियोगमा आगामी दुई हप्ताभित्र नियुक्ति प्रक्रिया अगाडि बढाइनेछ।​

नेपाल सरकारले पहिलोपटक खुला आवेदनमार्फत राजदूत नियुक्तिको सिफारिस गर्न लागेको हो। मन्त्रालयका अनुसार हाल प्राप्त खुला आवेदनहरूको अध्ययन भइरहेको छ र तिनैमध्येबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी छ।