Spread the love
Spread the love
शेखर गोल्छा १ करोड धरौटीमा रिहा​
Spread the love

काठमाडौं जिल्ला अदालतको आदेशपछि व्यवसायी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।​मंगलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासमा भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गोल्छासँग बीमा कसुरतर्फ ७५ लाख र धितोपत्र कसुरतर्फ २५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो।​अदालतको आदेशलगत्तै गोल्छा बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ गते जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा दर्ता गरेको थियो। यसअघि सोही प्रकरणमा मुछिएका अन्य व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवालसँग पनि अदालतले धरौटी माग गरिसकेको छ।