Spread the love
Spread the love
प्रचण्डले जुटाएको लगानीमा बनेको नागढुङ्गा सुरुङमार्ग
Spread the love

काठमाडौं। नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला (काठमाण्डौ - धादिङ्रु) सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब १ दशकको लामो तयारी, निर्माण र परीक्षणपछि सम्पन्न भएको यो राष्ट्रिय महत्वको आयोजना विभिन्न सरकारका कार्यकालमा अघि बढेको भए पनि यसको आर्थिक आधार तयार गर्ने महत्वपूर्ण काम तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारको पालामा भएको थियो।


२०७३ पुस ७ गते नेपाल सरकार र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६.६३६ अर्ब येन) बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको थियो। यही सहुलियतपूर्ण ऋणले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको आर्थिक आधार तयार गरेको मानिन्छ


त्यसपछि विस्तृत डिजाइन, जग्गा अधिग्रहण र आवश्यक प्रशासनिक प्रक्रिया पूरा भएपछि २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले आयोजनाको शिलान्यास गरेका थिए।
निर्माण कार्य तीव्र रूपमा अघि बढ्दै २०८२ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकै सरकारको कार्यकालमा मुख्य सुरुङको ब्रेकथ्रु सफलतापूर्वक सम्पन्न भएको थियो। यससँगै सुरुङका दुवै छेउ जोडिने महत्वपूर्ण प्राविधिक चरण पूरा भएको थियो।


ब्रेकथ्रुपछि सुरुङभित्रको सडक, भेन्टिलेसन, विद्युतीय तथा अग्नि सुरक्षा प्रणाली, आपत्कालीन पूर्वाधार र अन्तिम परीक्षण सम्पन्न गरियो। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यकालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले २०८३ साउन ११ गते सुरुङमार्गको औपचारिक उद्घाटन गर्दै सर्वसाधारणका लागि सञ्चालनमा ल्याएका हुन्।