Spread the love
Spread the love
कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज,शेरवहादुर देउवाले सम्बोधन गर्ने
Spread the love

काठमाण्डौ, नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज शुक्रबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११ः३० बजे सुरु हुने भेलालाई कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।भेलाको बन्दसत्र भने साउन ३० र ३१ गते सञ्चालन हुने बताइएको छ।

बन्दसत्रमा पार्टीको आगामी रणनीति, नीति तथा कार्यक्रमलगायत विषयमा छलफल गरी आवश्यक निर्णय लिने तयारी छ। भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।जेनजी आन्दोलनका क्रममा घाइते भई सिंगापुरमा उपचार गराएर बिहीबार स्वदेश फर्किएका देउवालाई इतर समूहका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। त्यसपछि उनलाई चुनदेवीस्थित कार्यालय लगिएको थियो।चुनदेवी कार्यालयमा समेत देउवाको सक्रियता देखिने गरी कार्यकक्षबाहिर र चेम्बरभित्र उनको नामअघि ‘सभापति’ उल्लेख गरिएको बोर्ड राखिएको छ।