Spread the love
Spread the love
पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ
Spread the love

ललितपुर,साउन २७ — जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्।श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो। सोही पक्राउ पुर्जीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्। लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय श्रेष्ठ पछिल्लो समय विभिन्न विवादमा समेत चर्चामा थिए।