काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक वचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईंले ढाँटवादको अभियान नै चलाइरहेको दावी गरेका छन् । प्रसाइको ढाँटवादलाई लोकप्रियतावाद भन्न नमिल्ने ओलीको भनाइ छ । शुक्रबार काठमाण्डौको दरबारमार्गमा आयोजित एमालेको जागरण सभामा बोल्दै केपीले भने, ‘लोकप्रियतावाद भन्ने शब्द मिलेको छैन । ढाँटवादलाई लोकप्रियतावाद भन्न पटक्कै मिल्दैन । मान्छेलाई नभएको कुरा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको मंसिरसम्म अहिलेकै समीकरण रहिरहने ठोकुवा गरेका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्ने क्रममा ओलीले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन् । २०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई […]
काठमाडौं ।अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने […]
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी उपहार बेचेको मुद्दामा जमानतमा रिहा गर्न इस्लामावाद अदालतले आदेश दिएको छ । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले उनको समर्थनमा गर्न लागेको ठूलो र्यालीको तयारीका अघी यस्तो निर्णय आएको हो ।
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापालेबुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारेका छन ।बीआरआई सम्बन्धमा एमालेसँग तिव्र मतभिन्नता भएको बताएका छन । उनले बिआरआइको विषयले सरकार नै ढल्ने अवस्था आएको चर्चा सुरु भएको बताए। […]
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं ५ दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
काठमाण्डौ, स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले विजयी खाता खोलेको छ । कांग्रेस एमाले पुथा उत्तरगंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिए । उनका अनुसार कांग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् । […]
काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-० ले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा लाउतारो मार्टिनेजले गरेको गोल नै निर्णायक बनेको थियो । मार्टिनेजले खेलको ५५औं मिनेटमा लियोनल मेस्सीको एसिस्टमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेरुसंगको जितसँगै अर्जेन्टिनाको १२ खेलमा २५ अंक भएको छ र दक्षिण […]
धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको हो । दुर्घटनास्थलबाट नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश […]