Spread the love
Spread the love
भूकम्पपछि भेनेजुएलामा दुई वर्षदेखिको ‘एक्स’ माथिको प्रतिबन्ध हट्यो
Spread the love

भेनेजुएलामा गएराति लगातार दुईवटा शक्तिशाली भूकम्प गएपछि इन्टरनेट प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' (पूर्व ट्विटर) माथिको प्रतिबन्ध हटाइएको छ।

सन् २०२४ को अगस्त महिनामा सरकारी आदेशानुसार देशव्यापी रूपमा प्रतिबन्धित गरिएको 'एक्स' दुई वर्षपछि पुनः सञ्चालनमा आएको हो।​बीबीसी न्युज मुन्डोका अनुसार सीएएनटीभी, थन्डरनेट, डिजिटल र मुभीस्टार जस्ता प्रमुख इन्टरनेट तथा फोन सेवा प्रदायकहरूले 'एक्स' माथिको प्रतिबन्ध हटाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाएका छन्। यसबारे सरकारले आधिकारिक रूपमा कुनै टिप्पणी नगरे पनि प्रयोगकर्ताहरूले अहिले सहजै रूपमा यो प्लेटफर्म प्रयोग गरिरहेका छन्। यसअघि संयुक्त राष्ट्रसंघको स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्यजाँच मिसनले पनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा सहज पहुँच पुन:स्थापना गर्न भेनेजुएलाको दूरसञ्चार नियामकलाई आग्रह गरेको थियो।