Spread the love
Spread the love
रास्वपा महाधिवेशन: सोबिता उपसभापति र विपिन महामन्त्रीमा निर्वाचित, यस्तो छ चुनावी परिणाम
Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच प्रमुख पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।​

उपसभापतिमा सोबिता गौतमको बाजीविशेष चासोका साथ हेरिएको महिला उपसभापति पदको रोचक प्रतिस्पर्धामा सोबिता गौतम विजयी भएकी छिन्। पार्टी स्थापनाकालदेखि नै सक्रिय दुई युवा नेत्रीहरूबीचको यो भिडन्तमा गौतमले ७८९ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाइन्।​महामन्त्रीमा विपिन कुमार आचार्यपार्टीको सांगठनिक सुदृढीकरणका लागि निकै महत्त्वपूर्ण मानिने महामन्त्री पदमा विपिन कुमार आचार्यले बाजी मारेका छन्। चुनावी मैदानमा अन्य आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिएर समर्थन गरेपछि सहज बनेका आचार्यले कुल ६७३ मत प्राप्त गर्दै जित सुनिश्चित गरे।