Spread the love
Spread the love
घेराबन्दीमा मैदान छोडेर भाग्नेहरूप्रति मेरो कुनै टिप्पणी छैन: राजेन्द्र लिङ्देन
Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशी–विदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छाडेर भाग्नेहरूप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्।​

शनिबार काठमाडौँमा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपाविरुद्ध चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गरे।

यस्तो चुनौतीपूर्ण परिस्थितिमा केही व्यक्तिहरूले मैदान छाडेर भागे पनि त्यसले पार्टीको गतिलाई नरोक्ने उनको दाबी थियो।​पछिल्लो निर्वाचनको समीक्षा गर्दै उनले भने, "विगतको संसद्‍मा रहेका लगभग सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा पनि राप्रपाले आफ्नो साख जोगाउँदै राष्ट्रिय पार्टीका रूपमा दह्रो उपस्थिति कायम राखेको छ।"