Spread the love
Spread the love
सुर्खेतमा आजदेखि ‘कर्णाली क्रिकेट कप २०८३’ सुरु: ८ जिल्लाका टोलीबिच उपाधि भिडन्त
Spread the love

कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ आजदेखि प्रादेशिक राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली क्रिकेट कप २०८३’ सुरु हुँदैछ।

कर्णाली प्रदेश क्रिकेट सङ्घद्वारा आयोजित यस प्रतियोगिता असार १८ गतेसम्म वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा सञ्चालन हुनेछ।​सङ्घका प्रदेश सचिव श्रीधर केसीका अनुसार यस प्रतियोगितामा प्रदेशका ८ जिल्लाहरू—सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम, दैलेख, जुम्ला, कालीकोट र मुगुको सहभागिता रहनेछ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को २० लाख रुपैयाँ आर्थिक सहयोगमा आयोजित यस प्रतियोगिताको विजेता टोलीले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रादेशिक स्तरमा खेलाडीहरूलाई नयाँ अवसर प्रदान गर्न यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।