Spread the love
Spread the love
​भारतको नयाँ सेना प्रमुखमा जनरल धीरज सेठ नियुक्त
Spread the love

​नयाँ दिल्ली — भारतको ३१औँ सेना प्रमुखको रूपमा जनरल धीरज सेठले आज (मंगलबार) देखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले आजैदेखि सैन्य नेतृत्वको जिम्मेवारी लिएका हुन्।​उनले ४० वर्षभन्दा बढी समय सेनामा से0वा गरी अवकाश पाएका निवर्तमान जनरल उपेन्द्र द्विवेदीको स्थान लिएका हुन्।​समाचार एजेन्सी पीटीआईका अनुसार नवनियुक्त सेना प्रमुख जनरल सेठ राष्ट्रिय रक्षा प्रतिष्ठान (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्। यस सर्वोच्च पदमा नियुक्त हुनुअघि उनले भारतीय सेनाको उपप्रमुख (वाइस चिफ अफ आर्मी स्टाफ) को रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

p