Spread the love
Spread the love
नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणका लागि उपराष्ट्रपति र कार्यवाहक राजदूतबीच भेटवार्ता
Spread the love

​लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत स्कट अर्बमबीच सौहार्दपूर्ण शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा उनीहरूबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि कायम रहेको पारस्परिक सम्मान, लोकतन्त्र, मानव अधिकार र बलियो जनस्तरीय सम्बन्धका विविध आयामबारे फलदायी विचार-विमर्श भयो। उपराष्ट्रपति यादवले नेपालको सामाजिक-आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको दशकौंदेखिको सहयोगप्रति आभार प्रकट गर्दै आगामी वर्ष मनाइने कूटनीतिक सम्बन्धको ८०औं वार्षिकोत्सव र अमेरिकाको २५०औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो। जवाफमा कार्यवाहक राजदूत अर्बमले दुई देशको सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन अमेरिका इच्छुक रहेको बताउँदै नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरूको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुका साथै निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभयो।