Spread the love
Spread the love
सरकारको कार्यशैलीप्रति माधव नेपालको असन्तुष्टि
Spread the love

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह-संयोजक माधवकुमार नेपालले देश र जनताको हित रक्षाका लागि सबै क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

शनिबार काठमाडौँमा आयोजित पार्टीको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वार्थ र परिवर्तनको पक्षमा स्पष्ट दृष्टिकोणका साथ नेकपा अगाडि बढ्ने र यसको नेतृत्व गर्ने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताए।

सोही अवसरमा उनले वर्तमान सरकारको कार्यशैलीप्रति तिखो टिप्पणी गर्दै चुनावबाट ठूलो जनमत हासिल गरेको दलको सरकारमा दम्भ र अहंकार बढेका कारण जनतामा तीव्र असन्तुष्टि छाइरहेको औंल्याए।

सरकारको सुरुवाती दिनमै आलोचना गर्दा असहिष्णु भइयो कि भन्ने आरोप लाग्न सक्ने भएकाले आफूहरू सरकारको कामकारबाही मूल्यांकन गर्न सय दिनको अवधि (हनीमून पिरियड) पर्खेर बसिरहेको उनको भनाइ थियो।