काठमाडौं । सभामुख देवराज घिमिरे ५ दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ ८ बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया गएका थिए ।
काठमाण्डौ । नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । एमाले नेता तथा सांसद चौधरीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई सामाजिक सञ्जालमा गालीगलौज गरेपछि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको हो । एमाले बाँकेका अध्यक्ष निरक गुरुङले अध्यक्ष, महासचिव र पार्टीका सबै नेताहरूलाई सामाजिक सञ्जालमा गाली […]
काठमाडौं। दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।पाकिस्तानको लाहोरमा जारी प्रतियोगितामा नेपालको दोस्रो जित हो। यसअघि नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो। जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १८७ रन मात्रै बनाउन सक्यो। […]
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो। आइतबार बोर्डको अध्यक्ष सिफारिस गर्न गठित सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिको लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले अध्यक्ष नियुक्तिको लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण […]
काठमाण्डौ, प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, २ कम्पनीलाई २ वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा […]
काठमाडौं । यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
काठमाडौं । एमालेका महासचिव शंकर पोख्रेललले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार काठमाण्डौको दरबारमार्गमा नेकपा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख जरिवाना गरेपछि महासचिव पोख्रेलले यस्तो प्रतिक्रिया दिएका हुन् । “काठमाण्डौं महानगरका मेयर वालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक […]
काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरूले अरूलाई गाली गर्दै हिँड्ने गरेको बताएका छन्। शुक्रबार काठमाण्डौको दरबारमार्गमा एमालेद्वारा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रती लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्। “कति कति सहकारीमा ठगीका प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?” ओलीले प्रश्न […]
काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरूले अरूलाई गाली गर्दै हिँड्ने गरेको बताएका छन्। शुक्रबार काठमाण्डौको दरबारमार्गमा एमालेद्वारा आयोजित जागरण सभामा प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रती लक्षित गर्दै यस्तो भनाइ राखेका हुन्। “कति कति सहकारीमा ठगीका प्रमाण छन्। आफैं सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?” ओलीले प्रश्न […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् । सत्तारूढ दल नेकपा एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो […]