Spread the love
Spread the love
बाढी प्रभावित बालकलाई हर्क साम्पाङद्वारा ५० हजार सहयोगको घोषणा​
Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कीर्तिपुर होल्डिङ सेन्टरमा डुबानबाट प्रभावित भएका एक बालकलाई व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।​

सामाजिक सञ्जालमार्फत उक्त सहयोगको घोषणा गर्दै अध्यक्ष साम्पाङले आफू र आफ्नो पार्टी कहिल्यै पनि सुकुम्बासीलाई विस्थापन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।

उनले वर्तमान सरकारको नीतिका कारण विपन्न नागरिकहरू बेघर बन्नु परेको आरोप समेत लगाए।​सुकुम्बासी र गरिब जनताको पक्षमा सडक, सदन र सामाजिक सञ्जालमा आवाज उठाउँदा आफूले सत्तारूढ दलका समर्थकहरूबाट कडा आलोचना खेप्नुपरेको उनको भनाइ छ।​

आफू धरानको मेयर रहँदा चालेका कदमहरूको स्मरण गर्दै साम्पाङले भने:​"हामीले धरानमा सुकुम्बासी बस्तीमा घर नम्बर वितरण गर्‍यौँ, सडक र नाली निर्माण गर्‍यौँ, र चुहिने छाना मर्मतका लागि बजेटको व्यवस्था गर्‍यौँ।

विपन्न परिवारलाई आर्थिक सहायता दिनुका साथै ठेला व्यवसायीलाई मैले व्यक्तिगत पारिश्रमिकबाट समेत सहयोग गरेको छु।"​उनले देशमा गरिबमुखी नीति अपनाउने र जनताको मर्म बुझ्ने नेतृत्वलाई नागरिकले समयमै चिन्नुपर्ने आवश्यकता औंल्याएका छन्।