Spread the love
Spread the love
सिंहदरबारभित्र अव्यवस्थित पार्किङ गर्नेलाई ट्राफिकको सबक: गाडीमै लाग्यो ‘ह्विल लक’
Spread the love

सिंहदरबार परिसरभित्र नियमविपरीत र अव्यवस्थित रूपमा पार्किङ गरिएका सवारीसाधनमा ट्राफिक प्रहरीले 'ह्विल लक' लगाउन सुरु गरेको छ।

तोकिएको पार्किङ क्षेत्रभन्दा बाहिर जथाभाभी राखिएका गाडी तथा मोटरसाइकलहरूलाई नियन्त्रणमा लिँदै कारबाहीको दायरामा ल्याइएको हो।​काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सिंहदरबारभित्रको सुरक्षा व्यवस्था र सवारी आवागमनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन यो अभियान चालिएको हो|

देशको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारमा जथाभाभी पार्किङ गर्दा जाम हुने र आकस्मिक सेवाका सवारीसाधनलाई समेत बाधा पुग्ने गरेको गुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो।​ट्राफिक प्रहरीको चेतावनी: सबै चालकहरूलाई अनिवार्य रूपमा तोकिएकै स्थानमा मात्र सवारी साधन पार्किङ गर्न आग्रह गरिएको छ।

नियम उल्लंघन गर्ने जोकोहीलाई पनि सम्झौताहीन कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।