बागमती प्रदेश सरकारले प्राविधिक उच्च शिक्षातर्फ विभिन्न विधामा अध्ययनरत सात जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
शिक्षा विकास निर्देशनालय बागमतीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मेडिकल डाक्टरतर्फ एक जना तथा सिभिल इन्जिनियरिङ, भेटेरेनरी डाक्टर र कृषितर्फ २–२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम वितरण गर्नुभएको हो।
स्नातक तहको यस कार्यक्रम अन्तर्गत छात्रवृत्ति रकम तीन किस्तामा उपलब्ध गराइने निर्देशनालयले जनाएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आर्थिक अभाव भएका र अभिभावकविहीन विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने प्रदेश सरकारको निर्णयअनुसार नै गरिबका छोराछोरीलाई प्राविधिक तथा प्रविधिमैत्री शिक्षा पढाउन विशेष व्यवस्था गरिएको बताउनुभयोसाथै|
उहाँले आगामी वर्षको बजेटमा गाउँबस्तीका सामुदायिक तथा आधारभूत विद्यालयहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी शिक्षा प्रणाली समावेश गरी पठनपाठन सुरु गर्ने योजना रहेको समेत जानकारी दिनुभयो।
