Spread the love
Spread the love
कांग्रेसमा बढ्यो किचलो: देउवा समूहद्वारा संस्थापन पक्षमाथि गम्भीर आरोप
Spread the love

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूहको भेला निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा सम्पन्न भएको छ।

बैठकले अनेक बहानामा संस्थापन पक्ष पार्टी एकताका लागि जिम्मेवार नबनेको निष्कर्ष निकालेको छ। नेता विमलेन्द्र निधिका अनुसार संस्थापन पक्षसँग भइरहेको संवादबारे छलफल भए पनि नेतृत्व जिम्मेवार नदेखिएको ठहर गरिएको हो।​

भेलाले पन्ध्रौँ महाधिवेशनको तयारीका लागि चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ, जहाँ सोमबारदेखि १४औं महाधिवेशनका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको विस्तारित बैठक बस्नेछ।

उक्त बैठकले समूहको राष्ट्रिय भेलाको टुंगो लगाउनेछ। संस्थापन पक्षले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया थालेपछि देउवा र शेखर कोइराला समूह विशेष महाधिवेशनमा सहभागी भएका छैनन्।

संस्थापनले तोकेको सदस्यताको समयसीमा शनिबार राति सकिँदैछ। यसैबीच, देउवा समूहको यो बैठकमा नेता शेखर कोइराला र उनको समूह भने सहभागी भएन।