Spread the love
Spread the love
नक्कली कलेज पठाएर ठगी गर्ने ९ कन्सल्टेन्सी सञ्चालक सीआईबीको फन्दामा
Spread the love

​संयुक्त अरब इमिरेट्स (यूएई) मा कानुनी मान्यता नपाएका कलेजमा नेपाली विद्यार्थी पठाई ठगी गरेको आरोपमा प्रहरीले ९ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई नियन्त्रणमा लिएको छ।​नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार ती सञ्चालकहरूले यूएईको 'कमिसन फर एकेडेमिक एक्रिडिटेसन' (CAA) बाट स्वीकृति नपाएका कलेजमा विद्यार्थी पठाउने गरेका थिए। उनीहरूले विद्यार्थीलाई पछि फ्रान्स र अष्ट्रेलिया जस्ता देशमा 'क्रेडिट ट्रान्सफर' गराइदिने झुठो आश्वासन दिएर लाखौँ ठगी गरेको पाइएको छ।​प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो। उनीहरूलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।