झापाको भद्रपुर नगरपालिका–३ स्थित ज्ञानेचोकबाट प्रहरीले ठुलो परिमाणमा लुकाएर राखिएको खर्बुजाको बीउ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा छापा मारी अवैध रूपमा भण्डारण गरिएको उक्त बीउ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार, विशेष सूचनाका आधारमा आइतबार गरिएको सो कारबाहीमा ९४ वटा बोरामा प्याक गरिएको कुल ३ हजार ९२० केजी (करिब ३९ क्विन्टल) खर्बुजाको बीउ फेला परेको हो।
बरामद गरिएको बीउलाई आवश्यक कारबाही र अनुसन्धानका लागि भद्रपुर भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ।
