शारजाहबाट पाकिस्तानको कराँचीका लागि उडेको के२ एयरवेजको एक निजी कार्गो विमान अरब सागरमा बेपत्ता भएपछि खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले नागरिक उड्डयन प्राधिकरण (सीएए), नौसेना र वायुसेनालाई उपलब्ध सबै स्रोतसाधन प्रयोग गरी खोजी कार्य अघि बढाउन निर्देशन दिएका छन्।
मंगलबार राति कराँचीभन्दा करिब ३०० किलोमिटर पश्चिममा अरब सागरमाथि उडिरहेका बेला बोइङ ७३७-४०० विमान राडारबाट हराएको थियो। विमानमा चालक दलका ५ जना सदस्य सवार थिए।
