जंगली हात्तीको आतंकबाट सर्वसाधारणको जीउधन सुरक्षा गर्न प्रधानमन्त्री कार्यालयको निर्देशनमा 'स्पेसल टास्क फोर्स' गठनको प्रक्रिया अघि बढेको छ। गत साता
मेचीनगर-४ मा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएपछि स्थानीयको माग र सांसदहरूको पहलमा सरकारले यो कदम चालेको हो।सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षक सामेल हुने यस विशेष टोलीको परिचालन प्रमुख जिल्ला अधिकारीले गर्नेछन्।
सुरक्षाकर्मी र वन रक्षक फरक-फरक सरकार (संघ र प्रदेश) मातहत हुने भएकाले सिधै परिचालनमा कानुनी जटिलता भए पनि समन्वय गरेर काम अघि बढाइने छ।यो टोलीलाई हात्तीको मुख्य प्रवेशद्वार मानिने मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने योजना छ। सो क्षेत्रबाट भारतको आसाम र पश्चिम बंगाल हुँदै एकैपटकमा ३० देखि १०० वटासम्म जंगली हात्तीको बथान नेपाल प्रवेश गरेर जनधनको क्षति पुर्याउँदै आएका छन्।
