अविरल वर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको फक्ताङलुङ गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ।
पहिरोका कारण फक्ताङलुङ गाउँपालिका-१ का दुर्गा कटुवाल र गणेश कटुवालको घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ।वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार दुर्गा कटुवालको घरमा नरेन्द्र लिम्बूको परिवार बस्दै आएका थिए।
पहिरोले उनको घरसँगै गोठ समेत भत्काउँदा बाख्रा लगायतका पशुचौपाया बगाएको छ। हाल दुवै परिवार विस्थापित भई छिमेकीकोमा ओत लाग्ने तयारीमा छन्।
यसैगरी, सावाँ खोलामा आएको आकस्मिक बाढीले स्थानीय किसानहरूको मुख्य आम्दानीको स्रोत मानिने अलैँची बगानमा ठूलो नोक्सानी पुर्याएको छ।
बाढी र पहिरोको असर मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूमा समेत परेको र त्यहाँ क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।
