काठमाडौं । दक्षिण-पश्चिम एसियाली राष्ट्र सिरियाका विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले राष्ट्रपति असद परिवारसहित राजधानी मस्को आएको जनाएका हुन् । सिरियामा ३० वर्ष शासन गरेका हाफिज अल–असदको मृत्युलगत्तै सन् २००० मा बसर अल–असद राष्ट्रपति भएका थिए, असद मस्कोतर्फ भागेपछि […]
लेबनान र इजरायलबीच युद्ध रोक्ने सहमति छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण गरेपछि २ देशबीच युद्ध सुरु भएको थियो। तर, मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ, र यो सहमति तुरुन्तै लागू हुने विश्वास गरिएको छ। सहमति अनुसार, इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ, र हिजबुल्लाहले लितानी नदीको दक्षिणी सीमाबाट आफ्नो […]
काठमाडौं ।अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि गिरफ्तारी वारेन्ट जारी गरेका हो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने […]
काठमाण्डौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी उपहार बेचेको मुद्दामा जमानतमा रिहा गर्न इस्लामावाद अदालतले आदेश दिएको छ । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले उनको समर्थनमा गर्न लागेको ठूलो र्यालीको तयारीका अघी यस्तो निर्णय आएको हो ।
काठमाडौं । अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताएका हुन् । एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सीमा बलियो र शक्तिशाली बनाउँदै […]
काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । उनले मंगलबार मात्रै अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए । मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार विजेता युनुसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका […]
तेहरान । हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा ५ दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको उनले बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेको एक नेताले बताए […]
सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडा प्रहरीले ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको छ । निज्जर हत्या प्रकरणपछि क्यानडा र भारतबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो । क्यानडाको भ्यानकुभर नजिकै गत वर्ष जुनमा बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले […]
काठमाडौंटिकटकमा चर्चित इराकी महिला गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी शहर बगदादस्थित उनको आफ्नै घरबाहिर उनको गोली हानी हत्या भएको हो । टिकटकमा उनी उम्म फहाद नामबाट चर्चित थिइन् । घटना जायुना क्षेत्रमा भएको थियो जुन बगदादको पूर्वमा पर्दछ घटनालाई सीसीटीभी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा सेयर गरिएको सीएनएनले जनाएको छ […]
रुस-युक्रेन युद्दमा युक्रेनमाथि आक्रमण गर्न चीनले रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले कारबाही गर्न चेतावनी दिएको छ । युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री यदि चीनले रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् । शीतयुद्धपछि युरोप सुरक्षाको सबैभन्दा ठुलो खतरामा परेको र त्यसको विरुद्धमा चीनले काम गरिरहेको ब्लिङ्केनले […]