देश

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा

काठमाडौँ फागुन १०

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । बिहीबार कानुन व्यवसायीका साथ सन्दीप लामिछाने आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौँ जिल्ला अदालतको फैसला बदर गराउन माग गर्न पुनरावेदन दिन लागेका हौँ l

Scroll to top