विदेश

इरानले अघिल्लो सप्ताहन्तमा इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेपछि मध्यपूर्वमा तनाव बढेको छ, जसले व्यापक द्वन्द्वको चिन्ता बढाएको छ । युक्रेनमा रुसी आक्रमणले पहिल्यै तेलको मूल्य अस्थिर पार्ने र आपूर्ति शृंखलामा बाधा पुर्‍याएको सन्दर्भमा मध्यपूर्वको तनावले यसमा वृद्धि गर्ने सम्भावना छ । अस्ट्रेलिया पहिल्यै जीविका लागत संकटसँग जुधिरहेको छ र यस्तो अवस्थामा मध्यपूर्वको तनावको तरंग प्रभाव चाँडै […]

इजरायल-इरान युद्ध भए तेलको मूल्य के होला ?

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई) मा लगातारको वर्षाका कारण आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका मोहन पुन रहेको नेपाली दूतावास आबुधाबीले जनाएको छ। युएईको सारजाह सहरबाट अजमान जाने बाटो रहेको पुलनजिक पुन परेको दूतावासले जनाएको छ। वेल क्याफे रेस्टुरेन्टमा काम गर्दै आएका पुन भिजिट भिसामा युएई पुगेको […]

युएईको बाढीमा परी नेपालीको मृत्यु

रियो द जेनरियो । ब्राजिलमा एक जना ४२ वर्षीय महिला पक्राउ परेकी छिन् । मरिसकेको मान्छेलाई लिएर उनको नाममा ऋण लिने कोशिश गरेको आरोपमा अप्रिल १६ मा प्रहरीहरूले एरिका डि सुजा भाइरा न्यून्सलाई समातेको हो । यो घटना रियो द जेनरियोको बाङमा रहेको इताउ युनिबान्कोको शाखामा भएको हो । एरिकाले ३ हजार २०० डलरको कर्जा […]

मेरो काका हो भन्दै बैंकमा मृतक पुरुषको शव ल्याएर कर्जा निकाल्न खोज्ने महिला पक्राउ

अष्ट्रेलियाको बेरोजगारी दर पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको आधिकारिक तथ्यांकले देखाएको छ।अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांकअनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा ६ हजार ६ सयले घटेको छ, भने बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्युज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन्। जनवरी र फेब्रुअरीको […]

अष्ट्रेलियामा बेरोजगारी दर बढ्दै

काठमाडौँ । सिंहदरबारस्थित दक्षिण गेट अगाडि प्रदर्शन गर्दा बुधवार ११ जना पक्राउ परेका छन् । रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्धार र मृत्यु भएकाहरूको शव फिर्ता ल्याउन सरकारलाई दबाब दिँदै आफन्तहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले हस्तक्षेप परेको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।सो […]

सिंहदरबार अगाडि प्रदर्शन गर्दा ११ जना पक्राउ

भारत प्रशासित कस्मिरमा मंगलबार नदीमा डुंगा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू खटिइरहेको अधिकारीहरूले बताएका छन् । श्रीनगर सहरस्थित झेलम नदीमा डुंगा पल्टिँदा बेपत्ता हुनेहरूमा विद्यालय गइरहेका केही बालबालिका पनि रहेका थिए । कस्मिरका एक वरिष्ठ अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने, ‘दुर्घटनापछि बालबालिकासहित करिब १५ जना बेपत्ता भएका छन् ।’ हिमालयको कस्मिर […]

कस्मिरमा डुंगा पल्टिँदा २५ जना बेपत्ता

इरानले इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायी रूपमा बन्द गरेको संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताएका छन्। राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हो भन्दै प्रश्न गरेका […]

इरानको आक्रमणपछि इजरायलमा आणविक केन्द्र बन्द

भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कूलले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला एक […]

शैक्षिक भ्रमण गएकि नातिनिले हजुर आमालाई वृद्धाश्रममा देखेपछि……

अस्ट्रेलियाको सिड्नी सहरको एक व्यस्त सपिङ सेन्टरमा १ व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरी ६ जनाको हत्या गरेको छ । उक्त आक्रमणकारीलाई पनि प्रहरीले गोली हानियो मारेको छ । आक्रमणकारी ४० वर्षीय पुरुष रहेको बताइएको छ। ५ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । आक्रमणमा परि ८ जना घाइते भएका छन् […]

असुरक्षित वन्दै अस्ट्रेलिया, अन्धाधुन्ध चक्कु प्रहार गरी ६ जनाको हत्या

एकजना भियतनामी घरजग्गा व्यापारीलाई देशको सबैभन्दा ठूलो जालसाजी मुद्दामा संलग्नता भएकोमा मृत्युदण्डको सजाय दिइएको छ । घरजग्गा निर्माता भान थिन्ह फाटकी अध्यक्ष ट्रुओङ माईलाई बिहीबार घुसखोरी, रकम हिनामिना र बैंकिङ नियम उल्लंघनको मुद्दामा दोषी पाइएकी थिइन् । देशमा व्यापक चर्चा पाएको यस प्रकरणमा ६७ वर्षीया लानले झन्डै १२.५ अर्ब डलर रकम हिनामिना गरेको अनुसन्धानबाट देखिएको भए पनि […]

भ्रष्टाचारको मुद्दामा दोषी भियतनामी महिला व्यापारीलाई मृत्युदण्डको सजाय

Scroll to top