भागेर रुस पुगे सिरियाका राष्ट्रपति बसर अल असद

काठमाडौं । दक्षिण-पश्चिम एसियाली राष्ट्र सिरियाका विद्रोहीको सामना गर्न नसकेपछि देश छाडेर भागेका राष्ट्रपति बसर अल असद रुसको राजधानी मस्को पुगेका छन् । रुसी सरकारी समाचार एजेन्सीहरूले राष्ट्रपति असद परिवारसहित राजधानी मस्को आएको जनाएका हुन् ।

सिरियामा ३० वर्ष शासन गरेका हाफिज अल–असदको मृत्युलगत्तै सन् २००० मा बसर अल–असद राष्ट्रपति भएका थिए, असद मस्कोतर्फ भागेपछि ५४ वर्षीय शासन समाप्त भएको छ।

भागेर रुस पुगे सिरियाका राष्ट्रपति बसर अल असद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top