लेबनान र इजरायलबीच युद्ध रोक्ने सहमति छ। इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण गरेपछि २ देशबीच युद्ध सुरु भएको थियो। तर, मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ, र यो सहमति तुरुन्तै लागू हुने विश्वास गरिएको छ।
सहमति अनुसार, इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुनेछ, र हिजबुल्लाहले लितानी नदीको दक्षिणी सीमाबाट आफ्नो सशस्त्र समूहलाई फिर्ता गर्नेछ। यस युद्धविराम सहमतिको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ, र महासचिव एन्टोनियो गुटेरेसले दवै पक्षलाई यसलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेका छन्।
लेबनान र इजरायलबीच युद्ध रोक्ने सहमति