काठमाण्डौ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई एमाले पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् ।
पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निम्बन गरिएको पत्र सार्वजनिक भएको थियो ।
उनले मिनबहादुर गुरुङबाट जग्गा दान लिनु गलत भन्दै सामाजिक सन्जालमा लेखेका थिए । त्यसवाफत् जिल्ला कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै निलम्बनको निर्णयसहितको पत्र सार्वजनिक भएको थियो ।