तेहरान ।
हेलिकप्टर दुर्घटनामा निधन भएपछि इरानका राष्ट्रपति इब्राहिम रायसीको आइतबार दिउँसो देशका सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा ५ दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
इरानी राष्ट्रले यस दुःखद घटनामा एक इमान्दार र मूल्यवान सेवक गुमाएको उनले बताए । संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोहम्मद मोख्बेरले सरकारको जिम्मेवारी सम्हालेको एक नेताले बताए ।
आयातोल्लाह खामेनीले मोख्बरलाई सरकारका ३ शाखाका अन्य दुई प्रमुखहरूसँगको सहकार्यमा अधिकतम ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्ने व्यवस्था गर्न आग्रह गरे ।
हेलिकप्टर दुर्घटनामा परि ईरानी राष्ट्रपतिको निधन, ५ दिन राष्ट्रिय शोकको घोषणा