सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा क्यानडा प्रहरीले ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको छ । निज्जर हत्या प्रकरणपछि क्यानडा र भारतबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।
क्यानडाको भ्यानकुभर नजिकै गत वर्ष जुनमा बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको दावी गरेका थिए । तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ ।
पक्राउ पर्नेहरुमा २२ वर्षीय कमल प्रीत सिंह, २२ वर्षीय करण बरार,र २८ वर्षीय करण प्रीत सिंह रहेका छन । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए, जहाँबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको उनले बताए ।
अदालतको अभिलेख अनुसार तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै विगत तीनदेखि ५ वर्षदेखि क्यानडामा बस्दै आएका थिए । प्रहरीले अनुसन्धान जारी रहेको र हत्या आरोपीहरुको ‘भारत सरकारसँगको सम्बन्ध’ पनि खोजी भइरहेको बताएको छ ।