विश्वमा धेरै देशहरु नेपालभन्दा अस्थिर छन् : गृहमन्त्री लामिछाने

काठमाडौं ।
रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तन भए पनि जनताले पाउने सेवा र मुलुकको राष्ट्रिय नीति परिवर्तन हुन नहुने बताएका छन् ।

राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’को बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

विश्वमा नेपालभन्दा कयौ गुना अस्थिर देशहरु छन् । एकदमै धेरै देशहरु पनि छन् राजनीतिक रुपमा । कहिले कतिखेर सरकार ढल्ने हो कहिले कतिखेर बन्ने हो भन्ने ठेगान भएका कैयौं मुलुकहरु छन्’ उनी भन्छन्, ‘तर, आम नागरिकको जीवनमा त्यसले त्यतिधेरै प्रभाव पारेको हुँदैन ।’

विश्वमा धेरै देशहरु नेपालभन्दा अस्थिर छन् : गृहमन्त्री लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top