देश

काठमाण्डौ,नेपाल आयल निगमको शुक्रबार साँझ बसेको सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो । निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ । पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ । बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू […]

डिजल र मट्टितेलको मूल्य बढ्यो ।

काठमाण्डौ, व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेलाई पार्टी कार्यालय दिन जग्गा दान गरेकोविरूद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित ३ जनाले दिएको रिटको सुनुवाई सोमबार अदालतका न्यायाधीशहरू सुवेदी र पाण्डेयको इजलासमा परेको हो । उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको […]

एमालेलाई मीनबहादुरले जग्गा दान गरेको रिटको पेशी हेर्न नमिल्नेमा

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी अजरबैजानको बाकु सहरमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल आज जादैछन। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय […]

राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै

काठमाडौं । दसैँमा मनकामना केबलकार २ दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी)को दिन र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । असोज २८ गते सोमबारदेखि मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार नियमित सञ्चालनमा आउने छ।

आज र भोली मनकामना केबलकार बन्द हुने

काठमाडौं । नेपाल सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो । राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ तर सार्वजनिक बिदा […]

आजदेखी ३ दिन राष्ट्रिय शोक घोषणा, झण्डा आधा झुकाइने

काठमाडौं । अमेरिकाको भ्रमण सकेर फर्किएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी […]

प्रधानमन्त्री ओली फर्किंदा आधा घण्टा उडान प्रभावित, सर्वसाधारण यात्रुलाई सास्ती

काठमाडौं । काठमाडौं जिल्ला र धादिङ जिल्लाको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएको अवस्थामा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।बसको नम्बर खुलेको छैन । घटनास्थलमा प्रहरी वृत […]

काठमाडौं र धादिङको सिमाक्षेत्रमा बस र माइक्रो पुरिँदा १४ जनाको मृत्यु

काठमाण्डौ, विहिवार रातिदेखी परेको अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो । नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय […]

कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको ढोका खोलियो

काठमाण्डौ, मधेश प्रदेश सरकारले पहिलोपटक संविधान दिवस मनाएको छ । जनमत पार्टीका नेतासमेत रहेका सतिशकुमार सिंह बिहीबार मधेश प्रदेश, गृह मन्त्रालयले संविधान दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भए । मुख्य वक्ता रहेका मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्ताबेज नरहेकाले त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताए । बिहीबार बिहान मधेश सरकारले संविधान दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी निकाल्दा गृह, सञ्चार […]

मधेश प्रदेश सरकारले पहिलोपटक मनायो संविधान दिवस

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने बताए । आजको दिन […]

अहिलेको संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

Scroll to top