संसदको चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई प्रहरीले सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै ३ महिना लामो समय लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार रायसहित सरकारी वकिललाई बुझाएको हो । प्रतिवेदनमा सूर्यदर्शन सहकारीको एक अर्ब ५१ […]
काठमाडौं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा प्रेस सेन्टरका रामहरि कार्की २४३ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रमेशप्रसाद तिमिल्सिनाले जम्मा ६३ मत पाए। उपाध्यक्षमा श्याम तण्डुकार, महिला उपाध्यक्षमा केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिव समावेशीमा नारायण लिङ्खा देवान, कोषाध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । सदस्यहरूमा शिवहरि घिमिरे, अनिल श्रेष्ठ, […]
काठमाडौँ —पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको भन्ने कुरा झुटो भएको बताएका छन् । शनिबार खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबी झुटको खेती भएको बताएका हुन् । उपनिर्वाचनको चुनावी सभामा कीर्तिपुरमा कांग्रेसका महामन्त्री […]
काठमाडौं । सभामुख देवराज घिमिरे ५ दिने कम्बोडिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी मंगलबार साँझ ८ बजे काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को ११ औं पूर्ण सत्रमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडिया गएका थिए ।
काठमाण्डौ, प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सन कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित दुई कम्पनीलाई साढे दुई वर्ष, २ कम्पनीलाई २ वर्ष, ३ कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा […]
काठमाडौं । यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा मतदानको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् । सत्तारूढ दल नेकपा एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो […]
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र शान्ति सुरक्षाका साथै मन्त्रालयगत नियमित एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको हो ।
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं ५ दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
धादिङ, पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक मंगलबार बिहान त्रिशूली नदीमा खसेको हो । दुर्घटनास्थलबाट नवलपरासी पश्चिमका २७ वर्षीय ट्रक चालक आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश […]