गगन थापाले जनतालाई झुटो बोलेको देख्दा दया लाग्छ : प्रचण्ड

काठमाडौँ —पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनका लागि नेपाली कांग्रेससँग पहल गरेको भन्ने कुरा झुटो भएको बताएका छन् ।

शनिबार खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापाले केही दिन पहिले गरेको दाबी झुटको खेती भएको बताएका हुन् । उपनिर्वाचनको चुनावी सभामा कीर्तिपुरमा कांग्रेसका महामन्त्री गगन थापाले अध्यक्ष प्रचण्डले हप्ताको दुई/तीन पटक कांग्रेससँग प्रधानमन्त्री वनिदिन आग्रह गरेको दाबी गरेका थिए ।

गगनको सोही दाबीबारे प्रतिक्रिया दिँदै प्रचण्डले सरकार परिवर्तनको कुरा आफूले अघि नबढाएको बताएका हुन् । उनले २०८४ सम्मकै अहिलेको सरकार चलाउन बारम्बार सार्वजनिक मञ्चहरूमार्फत आग्रह गरेको बताए । महामन्त्री थापालाई आफूले युवा नेताको रुपमा धेरै संवाद र सहकार्य गर्ने गरेको बताउँदै पछिल्ला केही महिना यता धेरै परिवर्तन भएको पाएको प्रचण्डले बताए । जनतालाई झुटो बोलेको देख्दा महामन्त्री थापाप्रति दया लागेको प्रचण्डको टिप्पणी थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो सरकार परिवर्तनको बारेमा प्रत्यक्ष र परोक्ष रुपमा कुरा नभएको प्रचण्डको दाबी थियो । उनले महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न सुझाव दिएका थिए ।

गगन थापाले जनतालाई झुटो बोलेको देख्दा दया लाग्छ : प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top