काठमाडौं नेपाल प्रिमियर लिग(एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतक सहयोगमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।
आजबाट सुरु एनपिएलको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुरबाट १ सय २८ रनको लक्ष्य पाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा रन १ सय २७ रनमा समेटियो । जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए । मोहम्मद मोहसिन र बेन माइकले समान एक एक विकेट लिए ।
एनपिएलको इतिहासमा नै विराटनगरका ओपनर गप्टिलले पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।