२७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी रवि विरुद्ध मुद्दा दायर हुँदै

संसदको चौथो ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न सरकारी वकिल कार्यालयलाई प्रहरीले सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले झन्डै ३ महिना लामो समय लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार रायसहित सरकारी वकिललाई बुझाएको हो ।

प्रतिवेदनमा सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड हिनामिना भएको र त्यसमध्ये २७ करोड ८९ लाख रुपैयाँ गोर्खा मिडियामा गएकाले त्यसको भागिदार लामिछानेलाई बनाउन सिफारिस भएको छ । सहकारीमा लैजाने प्रक्रियामा लामिछानेको संलग्नता नभएपनि खर्च गर्नेमा उनी संलग्न रहेको भन्दै सहकारीबाट गएको सबै रकमको भागिदार उनलाई बनाउन लागिएको छ ।
प्रहरीले यसमा ५१ जनाविरुद्ध मुद्दा दायरको सिफारिस गरेको छ ।
लामिछानेसहित ५० जनाविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर चलाउन लागिएको छ भने जिबी राईलाई भने क्रिप्टो करेन्सीको कारोबारको अभियोग पनि थप्ने प्रहरी तयारी छ ।
रवी गोर्खा मिडियाको सञ्चालक हुँदा चेक काटेर पैसा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई २ महिनादेखि थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनलाई थुनामा राखिएको दाबी गरेको छ ।
सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययनको क्रममा रहेको बताएको छ । यही हप्ता लामिछानेसहितका व्यक्तिविरुद्ध मुद्दा चलाउने तयारी छ । हदम्यादका कारण ५ पुसभित्र मुद्दा दायर गरिसक्नुपर्नेछ ।

२७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी रवि विरुद्ध मुद्दा दायर हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top