प्रधानमन्त्री ओली फर्किंदा आधा घण्टा उडान प्रभावित, सर्वसाधारण यात्रुलाई सास्ती

काठमाडौं । अमेरिकाको भ्रमण सकेर फर्किएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।

यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो ।

नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ ।

प्रधानमन्त्री ओली फर्किंदा आधा घण्टा उडान प्रभावित, सर्वसाधारण यात्रुलाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top