मधेश प्रदेश सरकारले पहिलोपटक मनायो संविधान दिवस

काठमाण्डौ, मधेश प्रदेश सरकारले पहिलोपटक संविधान दिवस मनाएको छ । जनमत पार्टीका नेतासमेत रहेका सतिशकुमार सिंह बिहीबार मधेश प्रदेश, गृह मन्त्रालयले संविधान दिवसका अवसरमा आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी भए । मुख्य वक्ता रहेका मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्ताबेज नरहेकाले त्रुटिलाई संशोधनमार्फत सच्याउन सकिने बताए ।

बिहीबार बिहान मधेश सरकारले संविधान दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी निकाल्दा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाहेक प्रदेशका अन्य मन्त्री सहभागी थिएनन् । तर, त्यसपछि आयोजित कार्यक्रममा भने मुख्यमन्त्री सिंह, सभामुख रामचन्द्र मण्डल र मन्त्रीहरूको सहभागिता थियो ।
मधेश सरकारले संविधान दिवस मनाए पनि लोसपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू भने सहभागी थिएनन् ।
प्रदेश संरचना सञ्चालनमा आएको ८ वर्षमा मधेश प्रदेसमा यसअघिका मुख्यमन्त्रीद्वय लालबाबु राउत र सरोजकुमार यादव संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिएनन् ।

मधेश प्रदेश सरकारले पहिलोपटक मनायो संविधान दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top