राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी अजरबैजानको बाकु सहरमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन (आइतबार) राष्ट्रपति रामचन्द्र पौडेल आज जादैछन।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना मुद्दामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top