काठमाडौं : सहकारी ठगी गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकामा एमालेवाट निर्वाचित मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी शुक्रबार भारतको राजधानी दिल्लीबाट पक्राउ परेका हुन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए । लामो समय फरार भएपछि उनलाई पक्राउ गर्न […]
जुनेली मिडिया काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले २०८०/८१ को सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौँ – यस वर्षको पटकको दशैंमा सर्वसाधारण जनताले नयाँ नोट नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार यसपालि पुराना तर सुकिला नोटहरू साटिनेछन् तर नयाँ नोटहरू भने उपलब्ध गराइने छैनन्। यस अघी राष्ट्र बैंकले प्रत्येक वर्ष दशैं–तिहारको अवसरमा नयाँ नोट साट्ने व्यवस्था गर्दै आएको थियो। यस वर्ष राष्ट्र बैंकले ५, […]
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न […]
काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडको आम्दानी घटेसँगै मुनाफामा ५७.९३ प्रतिशतले कमी आएको छ ।कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो । […]
जुनेली मिडिया काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६७२.०४ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ५ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ४३ करोड […]
जुनेली मिडिया काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि आगामी भदौ २५ गते सकिने भएको छ । उक्त कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्न छुट्टाएको सेयरमध्येको सामूहिक लगानी कोषका लागि छुट्टाएको ५% ले हुन आउने १ लाख ५४ हजार २२७ कित्ता सेयर र योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता गरी कुल २५ लाख ५४ […]
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो ।बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब […]
काठमाडौं प्रभु बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ । असार मसान्त सम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १५०० प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्ष २८ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । अघिल्लो वर्षको यही अवधिमा प्रभु बैंकले २ अर्ब […]
काठमाडौं ।डिजिटल वालेट ईसेवाबाट दिनमा ३ पटकभन्दा बढी रकम पठाउँदा शुल्क लाग्ने भएको छ । कम्पनीले बिहीबार १ सूचना जारी गर्दै यस्तो व्यवस्था सुरु भएको जानकारी दिएको हो । व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोडमार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही बमोजिम पीटुपी (व्यक्तिदेखि व्यक्तिको अकाउन्टमा रकम पठाउने काम) भुक्तानीका […]