हिमालयन बैंकको नाफा ८१.५९% ले बढ्यो

काठमाण्डौ ।

हिमालयन बैंक लिमिटेडले गत आव २०८०÷८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ८३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको १ अर्ब ५६ करोड रुपैयाँको तुलनामा ८१.५९ प्रतिशतले बढी हो ।
बैंकले खुद ब्याज आम्दानी पनि १७.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा ९ अर्ब २० करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ११ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । बैंकले खुद शुल्क तथा कमिशन आम्दानी पनि ७.५८ प्रतिशतले बढाएर १ अर्ब ४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको खुद सञ्चालन मुनाफा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म यो रकम ६ अर्ब ७० करोड रुपैयाँमा सीमित थियो ।

बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँबाट बढेर १३.१० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७६.९० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५०.७८ रुपैयाँ र तरलता अनुपात २९.६८ प्रतिशत कायम भएको छ ।

हिमालयन बैंकको नाफा ८१.५९% ले बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top