काठमाडौं : सहकारी ठगी गरी फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकामा एमालेवाट निर्वाचित मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी शुक्रबार भारतको राजधानी दिल्लीबाट पक्राउ परेका हुन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए ।
लामो समय फरार भएपछि उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत रेड नोटिस समेत जारी गरिएको थियो । उनीविरुद्ध बचतकर्ताको करिब २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ ।
सहकारी काण्डमा फरार एमालेवाट निर्वाचित ढोरपाटनका मेयर दिल्लीमा पक्राउ