प्रत्येक नेपालीको भागमा ८३ हजार ऋणको भार, १ महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
सरकारले तिर्न बाँकी सार्वजनिक ऋण नियाल्ने हो भने हरेक नेपालीको भागमा करिब ८३ हजार रुपैयाँ पर्न आउँछ ।

साउन महिनामा सरकारले ४० अर्ब रुपैयाँ आन्तरिक ऋण र ३ अर्ब ५९ करोड रुपैयाँ बराबर वाह्य ऋण लिएको छ । सरकारले साउनसम्मको तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.३४ प्रतिशत हुन आउँछ । यसमध्ये आन्तरिक जीडीपीको २१ र बाह्य २२ प्रतिशत छ ।

गत असार मसान्तसम्म मुलुकको सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।

गत साउनसम्म तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ४९ र बाह्य ५१ प्रतिशत छ । उक्त अवधिमा आन्तरिक ऋण १२ खर्ब ३ अर्ब र बाह्य ऋण १२ खर्ब ६८ अर्ब रुपैयाँ छ ।

‘साउनमा सरकारले १९ अर्ब २७ करोड बराबर सार्वजनिक ऋण तिरेको छ । जसमध्ये १७ अर्ब आन्तरिक र २ अर्ब २७ करोड वाह्य ऋण तिरेको छ ।

प्रत्येक नेपालीको भागमा ८३ हजार ऋणको भार, १ महिनामै थपियो ४१.११ अर्ब सार्वजनिक ऋण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top