बिआरआइको मतभेदले सरकार नै ढल्ने अवस्था आउन थाल्यो : गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका सहमती अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरुको अडान रहेको पनि स्पष्ट पारेका छन ।बीआरआई सम्बन्धमा एमालेसँग तिव्र मतभिन्नता भएको बताएका छन ।

उनले बिआरआइको विषयले सरकार नै ढल्ने अवस्था आएको चर्चा सुरु भएको बताए। थापाले भने, ‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ । केही समय पछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । यो विषयलाई लिएर नेपाली काँग्रेस, नेकपा एमाले बीचमा व्यापक रुपमा असहमती छ, व्यापक रुपमा मतभिन्नता छ । साथीहरु हुनुहुन्छ ए ढल्यो ढल्यो भनेर लेखिदिनु हुन्छ । सरकारमा बसिरहेको मान्छेलाई पनि एक ढल्ने हो कि भन्ने लागेको पाउँछु ।
कांग्रेस सबै छिमेकीसँग सहकार्य गर्न तयार रहेको बताउँदै अनुदानमा केन्द्रित हुनुपर्ने उनले बताए। ‘हामी सबै छिमेकीहरुसँग यो बेलामा सहकार्य गर्न चाहन्छौ । हाम्रा ठूलाठूला विकासका परियोजनाहरु छन । त्यसमा साझेदारी गर्न चाहन्छौं । हामी उनीहरुबाट अनुदानबाट हामी हाम्रा विकासका आकांक्षाहरुलाई पूरा गर्न चाहन्छौं, ।’

बिआरआइको मतभेदले सरकार नै ढल्ने अवस्था आउन थाल्यो : गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top