जुनेली मिडिया
काठमाण्डौ, रौनकताको साथ शेयर बजार बढ्न थालेपछी शेयर धितो कर्जाको माग पनि पछिल्लो समय बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।८१ को तथ्यांकले यस्तो देखाएको हो।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट शेयर धितो ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असार मसान्तमा ७६ अर्ब ३० करोड ८३ रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको थियो।
राष्ट्र बैंकले सर्वाजनिक गरेको तथ्यांकअनुसार १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जा २५.१ प्रतिशतले बढेको छ। २०८१ असारसम्म १ करोड रुपैयाँ माथिको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ पुगेको छ। २०८० असार मसान्तमा १ करोड रुपैयाँ माथिको कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो।
तथ्यांकअनुसार २०८० असार मसान्तमा ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो।२०८१ असारसम्म १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो। समीक्षा वर्षमा २५ १२.८ प्रतिशतले बढेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
२५ लाख रुपैयाँभन्दा कम शेयर धितो कर्जा ३.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो। समीक्षा वर्षमा यो रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ।